मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार ११:५५:००
Read Time : < 1 मिनेट
समाचार

नीति तथा कार्यक्रम सुन्दर ढंगले लेखिएको साहित्यजस्तो – राजेन्द्र श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ५ सोमबार ११:५५:००

जनता समाजवादीका सांसद राजेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम सुन्दर ढंगले लेखिएको गद्य साहित्यजस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबार संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम गद्य साहित्यजस्तो भएको उल्लेख गरेका हुन् । 

उनले भने, ‘यो अत्यन्तै सुन्दर ढंगले लेखिएको गद्य साहित्यजस्तो छ । आत्मप्रकटीकरण भएको अनुभूति भएको छ । बुँदा नम्बर १६ मा यो नेपालको धर्ती, प्रकृति, संस्कृति, समृद्धि, स्वाभिमान र गौरवभन्दा ठूलो कुरा केही छैन भनिएको छ । कति सुन्दर लेखिएको छ ! तर, सुन्दर शब्द मात्रै लेखेर देश हाँक्न सकिँदैन ।’

नीति तथा कार्यक्रमले राजनीतिक स्थायित्व कायम गर्ने भने पनि प्रधानमन्त्री आफैँले दल फुटाउने अध्यादेश ल्याएको भन्दै उनले उनले कटाक्ष गरे । 

‘यो सरकार आएपछि स्थायित्व भएको, संविधान कार्यान्वयन भएको लेखिएको छ । तर, दलसम्बन्धी अध्यादेश ल्यायो । ‘कसलाई के धन्दा, घरज्वाइँलाई खानको धन्दा’ भनेजस्तो । राजनीतिक रूपमा स्थिरता भइरहेको ठाउँमा उहाँले दुस्प्रयास गर्नुभएको छ । त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ । नैतिक जिम्मेवारी लिनुपर्छ । उहाँलाई अब सरकारको नेतृत्व गर्ने अधिकार छ कि छैन ?’ उनले प्रश्न गरे ।