समाचार
कालीगण्डकीमा बेपत्ता भएका दुई बालक अझै फेला परेनन्
Read Time : < 1 मिनेट
२०७७ जेठ ५ सोमबार ११:५०:००
पाल्पाको रामपुर नगरपालिका मलौटेमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजना बालक अझै फेला पर्न सकेका छैनन् ।
आइतबार अपह्न करिब ४ बजेतिर घरनजिकै रहेको कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरू बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा रामपुर– १० सिकोडाँडाका १० वर्षीय बालक सुशील भट्टराई र सोही ठाउँकै १० वर्षका समीर चापागाईं रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपेन्द्र जिसीले जानकारी दिए ।
उनीहरूको प्रहरी चौकी हुँगीका प्रहरी र स्थानीयले खोजतलास गरिरहेका छन् ।