१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ जेठ ५ सोमबार १०:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

बुन्डेस लिगामा युनियन बर्लिनलाई हराउँदै बायर्न म्युनिखको अग्रता 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ५ सोमबार १०:५४:००

जर्मनीमा शनिबारदेखि सुरु भएको बुन्डेस लिगाअन्तर्गत आइतबार बर्लिन मैदानमा भएको खेलमा लिगको लिडर बायर्न म्युनिखले युनियन बर्लिनलाई २–० ले हराएको छ । यो खेल जितेसँगै बायर्नले ४ अंक जोडेको छ । 

खेलमा बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ४०औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यो सिजनको ३४ खेलमा लेवान्डोस्कीले गरेको यो ४०औँ गोल हो । 

यस्तै, बायर्नका तर्फबाट ८०औँ मिनेटमा फ्रेन्च डिफेन्डर बेन्जामिन पाभार्डले गोल गरेका थिए । यो जितपछि २६ खेलबाट बायर्नले ५८ अंक जोडेको छ । अंक–तालिकामा दोस्रो स्थानको बोरुसिया डर्टमुण्डले समान खेलबाट ५४ अंक बनाएको छ ।

मैदानमा फुटबल फ्यानविना नै यो लिग भइरहेको छ । मैदानमा उपस्थित भएकाहरूले अनिवार्य मास्क लगाउनुपर्नेछ र खेलको जित उत्सव पनि शान्त भएर नै मनाउनुपर्नेछ । खेलाडीहरूले अंकमाल गर्न पाउनेछैनन्, तर पाभार्डले गोल गरेपछि डेभिड अल्बासँग अंकमाल गरेका थिए । 

प्रशिक्षक तथा खेलाडीहरू सामाजिक दूरी कायम गरेर उभिएका थिए । फुटबलहरूमा कीटनाशक औषधि छर्किएको छ र ती बलहरू खेलाडीलाई प्रत्यक्ष नदिएर मैदानको छेउछाउमा छोडिन्छ । विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको समयमा सुरक्षा अपनाउँदै शनिबारदेखि क्लोज डोरमा फुटबल लिग सुरु गरिएको हो । 

आइतबार नै भएको अर्को खेलमा एफसी कोल्न र मेइन्जले २–२ गोलको बराबरी खेलेका छन् ।