मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ५ सोमबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ

विराटनगर भन्सारबाट भित्रियो ४० करोडको फलफूल तथा तरकारी

Read Time : < 1 मिनेट
२०७७ जेठ ५ सोमबार ०७:३३:००

लकडाउनको समयमा विराटनगर भन्सारबाट २६ करोड रुपैयाँको फलफूल र १४ करोडको तरकारी आयात भएको छ । लकडाउन अवधि ११ चैत ०७६ देखि २३ वैशाखसम्ममा विराटनगर भन्सारबाट १३ करोड ५३ लाख १३ हजार मूल्यबराबरको तरकारी र २६ करोड मूल्यबराबरको फलफूल आयात भएको हो ।

यस अवधिमा विराटनगर भन्सारबाट ४ करोड ६३ लाख २१ हजारबराबरको १७ लाख २६ हजार ६ सय ७१ केजी आलु आयात भएको छ । यसैगरी, २ करोड ७३ लाख ५८ हजार मूल्यबराबरको ६ लाख ९४ हजार ५ सय ९४ केजी प्याज आयात भएको छ । ७६ लाख ४० हजार रुपैयाँको ८४ हजार केजी लसुन आयात भएको छ । ५ करोड ३९ लाख ९४ हजारबराबरको ९ लाख ८४ हजार ९५ केजी हरियो तरकारी आयात भएको छ । 

साढे २३ करोडको स्याउ आयात 

विराटनगर भन्सारबाट २६ करोड मूल्यबराबरको फलफूल आयात भएको छ । विराटनगर भन्सारबाट सबैभन्दा बढी आयात भएको फलफूल स्याउ हो । यस समयमा २३ करोड ४० हजारको स्याउ आयात भएको छ । त्यसैगरी, ११ लाख ८० हजारको अम्बा तथा ३४ लाख ४२ हजारको सुन्तला आयात भएको छ । 

७७ लाख ८८ हजारको कागती र अमिलो फलफूल तथा ७३ लाख ५९ हजारको अंगुर आयात भएको तथ्यांक छ । त्यसैगरी, ६३ लाख ८५ हजारको अन्य ताजा फलफूल आयात भएको छ ।