मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ

शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ५ सोमबार ०६:१०:००

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा सामग्रीहरू प्रदान गरेको छ ।

शिखर इन्स्योरेन्सले ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालको रोहबरमा महाशाखालाई १५ सय थान फेस सिल्ड, १५ सय थान सेफ्टी गगल्स, १५ सय थान केएन–९५ मास्क, ५ सय थान सर्जिकल मास्क एवं १ सय ५० लिटर (३ सय बोटल) स्यानिटाइजर प्रदान गरेको जनाएको छ । 

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहेकाले उनीहरूको व्यक्तिगत सुरक्षा तथा हौसला प्रदान गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।