Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ५ सोमबार ०८:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

रौतहट र बाराका थप नाैजनामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन सय चार पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ५ सोमबार ०८:३६:००

साेमबार बिहान थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन सय चार पुगेको छ । आज बिहान थपिएका नयाँ संक्रमित रौतहट तथा बारा जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नयाँ थपिएका २१ देखि ३० वर्षका आठजना पुरुष  र एकजना महिला छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने संक्रमित चिकित्सकको निगरानीमा छन् ।

थपिएका नयाँ संक्रमितहरू रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१ देखि ३० वर्षका पुरुष र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला तथा बारा करैयामाई–५ निवासी ३८ वर्षीय पुरुष रहेको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।