मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार १९:३८:००
Read Time : < 1 मिनेट
समाचार

ललितपुर महानगरका जनप्रतिनिधिको पिसिआर टेस्ट गर्न स्वाब संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार १९:३८:००

ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पिसिआर टेस्ट गर्न स्वाब संकलन गरिएको छ ।

महानगरपालिकाले आइतबार २९ वटै वडाका एक सय ४७ जना जनप्रतिनिधिको पिसिआर टेस्टका लागि स्वाब संकलन गरेको हो । कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पिसिआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पिसिआर टेस्ट गर्न लागेको हो ।

शनिबार नै महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको पिसिआर र आरडिटी परीक्षण गरिएको थियो । उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाई कर्मचारी गरी एक सय १९ जनाको आरडिटी र दुई सय ११ जनाको पिसिआर परीक्षण भएको जानकारी दिइन् ।

महानगरको योजनाअनुसार नै सबै जनप्रतिनिधिको पिसिआर प्रविधिबाट परीक्षण गर्न लागिएको उमपमेयर सत्यालले बताइन् । उनले जनप्रतिनिधिसँगै, महानगरभित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरूमा काम गर्ने व्यक्तिहरूको पनि पिसिआर र आरडिटी परीक्षण गर्न लागिएको जानकारी दिइन् ।