१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ४ आइतबार १४:५४:००
Read Time : < 1 मिनेट
विश्व

बलिउड फिल्मका खलनायक असलमा खेलिरहेका छन् नायकको रोल

Read Time : < 1 मिनेट
२०७७ जेठ ४ आइतबार १४:५४:००

भारतीय फिल्म अभिनेता सोनु सुडले सयौँ मजदुरलाई मुम्बईबाट घर पठाइरहेका छन् ।

लकडाउनका कारण खान नपाएर सयौँ किलोमिटरको पैदलयात्रा गरी आ–आफ्नो गाउँ फर्किरहेका मजदुरलाई आफैँले गाडीको व्यवस्था गरेर सरकारी अनुमतिसहित सोनु सुडले मजदुरलाई गाउँ पठाइरहेका हुन् ।

हिन्दी, तेलगु, तामिल, कन्नड एवं पञ्जावी फिल्ममा विशेष रूपमा खलनायकको भूमिका निभाउने गरेका सोनु सुडले असल जीवनमा नायकको रोल निभाइरहेका हुन् ।

उनले केही दिनअघि भारतको मुम्बईबाट तीन सय ५० मजदुरलाई कर्नाटक पठाएका थिए । त्यसपछि उनले पाँच सय मजदुरलाई मुम्बईबाट भारतको उत्तर प्रदेश पठाए । 

यसपछि अझै तीन हजार मजदुरलाई गाउँ पठाउने तयारीमा उनीनिकट रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘लकडाउनका वेला केही मानिस घरमा एसीको हावामा बसिरहेका छन् । तर, जसले हाम्रो घर बनाइदिए उनीहरू भने सडकमा भोक र प्यासले छटपटिएका छन्, उनीहरूलाई सकेजति घर पुऱ्याउनुपर्छ,’ उनले भनेका छन् ।

यसबाहेक सोनु सुडले मुम्बईमा दैनिक ४५ हजार मानिसलाई खाना खुवाइरहेका छन् ।

त्यस्तै, उनी मुम्बईको जुहुमा रहेको आफ्नो होटेललाई समेत कोरोना संक्रमितको उपचारमा रहेका डाक्टरहरूको आवासका लागि दिन तयार भएका छन् ।

‘हजारौँ मान्छे भोकमारीको छटपटीमा छन्, म कुनै रात पनि ढुक्कले सुत्न सकेको छैन, दिनभर इमेल हेर्छु र तिनीहरूलाई फोन गर्छु, सक्ने भए आफैँ घरसम्म छोडेर आउने थिएँ,’ उनले भनेका छन् ।
(एजेन्सी)