मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कपिलवस्तु
२०७७ जेठ ४ आइतबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार

घरमा बोलाएर किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
२०७७ जेठ ४ आइतबार १२:०२:००

कपिलवस्तुमा आफ्नै घरमा बोलाएर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

कृष्णनगर नगरपालिका–११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राससका अनुसार सोही गाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार गणेशपुरबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो। 

गएको शुक्रबार राति यादवले किशोरीलाई घरमै बोलाएर बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।