मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ४ आइतबार १०:१५:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा र गण्डकीको विशेष साधारणसभा

Read Time : < 1 मिनेट
२०७७ जेठ ४ आइतबार १०:१५:००

मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्न २१ जेठमा विशेष साधारणसभा बोलाएका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न विशेष सभा बोलाएको हो । 

उक्त सभामा मेगा बैंकले गण्डकीलाई प्राप्ति गर्ने र गण्डकीले मेगामा विलय हुने प्रस्तावलाई पारित गर्नेछन् । मेगाले गण्डकी विकास बैंकको एक सेयरबराबर आफ्नो एक सेयर प्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । 

गण्डकीलाई प्राप्ति गरेपछि पनि मेगा बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने वा मर्जरमा जाने योजना अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

मेगाले ०७६ कात्तिक २६ गते गण्डकीलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको थियो । प्राप्ति प्रक्रिया प्रयोजनका लागि गण्डकीको सेयर कारोबार भने गत असोज ९ गतेदेखि नै बन्द रहेको छ ।