मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ४ आइतबार ०६:२८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

लकडाउनमा यसरी गर्न सकिन्छ आर्थिक व्यवस्थापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ४ आइतबार ०६:२८:००

खर्चमा आएको परिवर्तन नियाल्ने

लकडाउनमा बाहिर निस्किन नमिल्ने भएकाले अधिकांश मानिस घरमै छन्, जसका कारण दैनिक गाडीभाडा, इन्धन, खाजा र भेटघाटमा हुने खर्च शून्यमा झरेको छ । घरायसी खर्च भने ह्वात्तै बढेको छ । खाद्यान्न, इन्टरनेटसँगै मोबाइल, कम्प्युटरजस्ता उपकरणका लागि हुने खर्च उकालो लागेको छ । यस पाटोमा पनि खर्च घटाउनु जरुरी छ ।

लकडाउन लम्बिएमा नगद र खाद्यान्न अभावको अवस्था सिर्जना हुन सक्छ । यसलाई मनन गर्दै अहिलेदेखि नै उचित व्यवस्थापन गर्न जरुरी छ ।

खर्च नियन्त्रण गर्ने

अहिले अर्थोपार्जनका क्षेत्र ठप्प छन् । दैनिक उपभोग्य वस्तुको खर्च भने उस्तै छ । घरमा बसिरहँदा छिनछिनमा खाइरहने बानी लागेको छ । मानिस अझ विलासी बनेका छन् । यस्तो बानीले पैसा र खाद्यान्न अभाव झेल्नुपर्ने अवस्था आउन सक्नेमा सचेत रहनुपर्छ । यसलाई मनन गर्दै अहिलेदेखि नै नगद र खाद्यान्नको उचित व्यवस्थापन गर्न जरुरी छ ।

भविष्यका योजना बनाउने

कोरोनासँगै धेरैको रोजगारी र व्यवसाय संकटमा छ । त्यसैले भविष्यका लागि नयाँ योजना बनाउन अग्रसर हुनुपर्छ । फुर्सदको समयलाई आफ्नो सीप र क्षमता बढाउनेमा केन्द्रित गर्दै सिर्जनशील बन्न सकियो भने संकटको सामना गर्नु पर्दैन ।

आयका क्षेत्र बढाउने

कोरोना भाइरसको विश्वव्यापी महामारीले आय–आर्जनका लागि एकै क्षेत्रमा सीमित हुनु ठीक होइन भन्ने सन्देश दिएको छ । यसबाट पाठ सिक्दै जागिरका साथमा लगानीको क्षेत्र पनि पहिल्याउनु जरुरी छ । भविष्यमा पनि आउन सक्ने संकट सामना गर्न यो सहज उपाय हुन सक्छ ।