१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ जेठ ३ शनिबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार

पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष श्याम निरौलामाथि सांघातिक हमला

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ जेठ ३ शनिबार १४:३२:००

नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष एवं खाँदबारी नगरपालिका–५ का कार्यबाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि सांघातिक हमला भएको छ ।

शुक्रबार राति ८ बजेतिर वडा कार्यालयनजिकै निरौलालाई स्थानीय सुरेश तामाङले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । तामाङलाई स्थानीयले तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बुझाएका छन् ।

खुकुरी प्रहारबाट टाउकोको पछाडिपट्टिको भागमा चोट लागेको निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । दश टाँका लगाउनुपरेको भए पनि निरौला अहिले खतरामुक्त रहेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ संखुवासभाले पूर्वअध्यक्ष निरौलामाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ । त्यसैगरी नेपाल प्रेस युनियन संखुवासभा शाखा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले पनि विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।