१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ जेठ ३ शनिबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार

किशोरी बलात्कार गरी फरार भएका युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ जेठ ३ शनिबार १२:२०:००

लकडाउनका वेला उत्पन्न भएको सुनसान अवस्थाको मौका छाेपेर किशोरीलाई बलात्कार गरी फरार रहेकाे आराेपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

ती युवाले बिहीबार दिउँसो विराटनगर– ४ इक्राहीस्थित मकैबारीमा स्थानीय १७ वर्षीया किशोरीलाई मुख थुनेर अपहरण गरेकाे आराेप छ । उनले अपहरण गरेर किशोरीलाई मकैबारीमा लगी बलात्कार गरेर फरार भएकाे प्रहरीले जनाएकाे छ । 

पक्राउ पर्नेमा विराटनगर–  ५ का २४ वर्षीय वीरेन गडेरी पाल रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पाललाई शुक्रबार विराटनगर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । 

प्रहरीले आरोपी पालविरुद्ध जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी आरोपमा मुद्दा दर्ता गरेको छ ।