मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २ शुक्रबार २०:०५:००
Read Time : < 1 मिनेट
अर्थ

नगद नहुनेलाई बचत र भत्ता कार्ड धितोमा खाद्यान्न

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार २०:०५:००

सल्यानको दार्मा गाउँपालिकाका सहकारीहरूले सहकारीको बचत कार्ड र सामाजिक सुरक्षा भत्ता कार्डको धितोका आधारमा सहुलियत दरमा घरघरमै खाद्यान्न उपलब्ध गराएका छन् । 

गाउँपालिकाका चारवटा सहकारीमार्फत ६ वटा वडामा खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका एक हजार नौ सय २७ घरधुरीमा सात सय ३२ क्विन्टल खाद्यान्न उपलब्ध गराइएको छ ।

लकडाउनका कारण नगदको समस्या हुने देखिएपछि सहकारीमा गएर भत्ता कार्ड र सहकारीको सदस्यले बचत धितो राखेर खाद्यान्न लिन सक्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले सहकारीलाई खरिद मूल्यमा तीन प्रतिशत मात्रै नाफा लिएर उपभोक्ताको घरघरमै खाद्यान्न पुर्‍याउने सहमतिमा खरिद–बिक्रीको अनुमति दिइएको जनाएको छ ।

हरेक टोलमा गठन गरिएका खोजी तथा निगरानी समूहले मागेको तथ्यांक लिने र त्यसैको आधारमा सहकारीले खाद्यान्न पुर्‍याउने व्यवस्था गरिएको भल्चौर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिकला मल्लले बताइन् । अहिले सहकारीमा १६ टन चामललगायतका खाद्य सामग्री मौज्दात रहेको उनले जानकारी दिइन् ।