१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस
२०७५ माघ १२ शनिबार १६:०७:००
Read Time : > 1 मिनेट
सेयर बजार

साताको शेयर बजार : एक अर्ब ५४ करोडको कारोबार

Read Time : > 1 मिनेट
रासस
२०७५ माघ १२ शनिबार १६:०७:००

धितोपत्र बजारमा यस साता एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६ सय ८१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर एक सय ६६ कम्पनीका ५३ लाख १९ हजार ७ सय १३ कित्ता शेयर कारोबार भएको छ । कारोबार मापक नेप्से परिसूचक साताभर ६ दशमलव १४ बिन्दुले घटेर एक हजार एक सय ७२ दशमलव ७७ बिन्दुमा पुगेको छ । 
साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १ सय ७९ दशमलव १७ बिन्दुमा झरेको थियो । उक्त दिन कूल १ सय ४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख ३८ हजार ७ सय ३६ रुपैयाँमा खरीद बिक्री भए । 

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ बिन्दुले घटेर एक हजार १ सय ६८ दशमलव ०६ बिन्दुमा झ¥यो । कूल १ सय ६६ कम्पनीको १२ लाख ६५ हजार ७ सय ८६ कित्ता शेयर ३६ करोड ७७ लाख छ हजार ६ सय ३८ रुपैयाँमा खरीद बिक्री भए । 

त्यस्तै साताको तेस्रो दिन काराबार मापक नेप्से परिसूचक ०.७८ बिन्दुले बढेर एक हजार १ सय ६८ बिन्दु ८३ मा पुग्यो । सो दिन कूल १ सय ५६ कम्पनीको १० लाख २४ हजार ६ सय १५ कित्ता शेयर २९ करोड २२ लाख १४ हजार ३ सय ४५ रुपैयाँमा खरीद बिक्री भए । 
गत बुधबार कारोबार मापक नेप्से परिसूचक ४ दशमmप १५ बिन्दुले बढेर एक हजार १ सय ७२ दशमलव ९८ बिन्दुमा पुग्यो । उक्त दिन कूल १ सय ६३ कम्पनीको १० लाख दुई हजार १ सय ७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १ स ५५ रुपैयाँमा खरीद बिक्री भए । 

यस्तै साताको अन्तिम दिन कारोबार मापक नेप्से परिसूचक ०.२ बिन्दुले घटेर एक हजार १ सय ७२ दशमलव ७८ अंकमा पुगेर बजार बन्द भयो । सो दिन कूल १ सय ५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर २६ करोड ८८ लाख ६५ हजार ८ सय ९ रुपैयाँमा खरीद बिक्री भए ।