राष्ट्रपति विद्यादेवी भण्डारीले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने बताएकी छिन् । रोजगारी सूचना केन्द्रसमेत स्थापना गरिने उनले बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदमा सरकारको आगामी आव ०७७–७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रमिक र रोजगारदाताबीच सम्पर्क गराउने गरी यस्ता केन्द्र स्थापना गरिने बताएकी हुन् ।