१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार

देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:०५:००

देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । तीन अंकको नम्बरमा देशभर एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । प्रत्येक प्रदेशमा पाँच सय शय्याको अस्पताल निर्माण तथा विस्तार गरिनेसमेत घोषणा उनले गरेकी छिन् । 

त्यस्तैगरी स्याटेलाइट अस्पतालको सुविधासमेत मिलाइनेछ भने रोगको रोकथाम तथा नियन्त्रणका राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल स्थापना गरिनेछ । 

कोभिड– १९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा तीन सय र प्रदेशमा एक सय–एक सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।  

वीरेन्द्र शैनिक अस्पताललाई आपतकालीन अस्पतालको रूपमा विकास गरिने भएको छ ।