मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १६:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोभिड– १९ मुक्त राष्ट्र बनाउने राष्ट्रपति भण्डारीको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १६:५१:००

नेपाललाई कोभिड– १९ मुक्त राष्ट्र बनाउन सबै खालका कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् ।

आगामी आर्थिक वर्ष स्वास्थ्यका कार्यक्रमहरूसमेत लागू गरिने भएको छ । सरकारले फजुल खर्च कटौती गरेर उत्पादनमूलक क्षेत्र विकासको साथै आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित हुने राष्ट्रपतिले बताएकी छिन् ।

महामारीसँग लड्नुपरेको विषम परिस्थितिमा कृषि, औद्याेगिक विकास, आर्थिक उपलब्धि तथा विकासको समन्यायिक वितरण गर्नेसमेत आगामी बजेटमा प्राथमिकता पाउने घोषणा नीति तथा कार्यक्रममार्फत राष्ट्रपति भण्डारीले गरेकी छिन् ।