१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ २ शुक्रबार १६:४०:००
Read Time : < 1 मिनेट
समाचार

सरकार गठनको दुई वर्षमा उत्साहजनक सफलता– राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार १६:४०:००

आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन भएको दुई वर्षमा उत्साहजनक सफलता मिलेको दाबी गरेकी छिन् । 

भण्डारीले सरकार गठनपछि पूर्णत स्थायित्व आउनुको साथै सुशासन प्रवर्द्धनको साथै विकासले गति समातेकोसमेत दाबी गरेकी छिन् । 

उनले स्थानीय तह, प्रदेशका संरचनाहरू खडा गरेर क्रियाशील भएको साथै वित्तीय हस्तान्तरणको कार्यसमेत सफल भएको बताइन् ।

साथै उनले नेपाललाई सरकारको यही कार्यकाल विकासशील राष्ट्रमा स्तरोन्नति गरिने बताइन् । 

दीर्घकालीन योजनाअनुसार समुन्नत राष्ट्रको स्तरमा पुऱ्याउने गरी आर्थिक र सामाजिक योजना तथा कार्यक्रम अघि बढाइएको उनले बताइन् ।

संसदमा नीति तथा कार्यक्रम पेस गर्ने क्रममा भण्डारीको सम्बोधन जारी रहेको छ ।