मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ २ शुक्रबार १८:१०:००
Read Time : > 10 मिनेट
समाचार

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी LIVE UPDATE

Read Time : > 10 मिनेट
२०७७ जेठ २ शुक्रबार १८:१०:००

सरकारले नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा जारी गर्ने घोषणा गरेको छ । 

संघीय संसदमा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति भण्डारीले यस्तो जानकारी दिएकी हुन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र समावेश गरी नेपालको नक्सा जारी गर्ने राष्ट्रपति भण्डारीले जानकारी दिइन् । 

...............

सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार र जनशक्तिसहित थप बोर्डर आउट पोस्ट स्थापना गरिने भएको छ । 

त्यसैगरी अध्यागमन प्रणालीलाई अत्याधुनिक र प्रविधिमैत्री बनाइने भएको छ । 

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको अभिलेखलाई थप व्यवस्थित गरिने जनाइएको छ । 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा सुरक्षाका लागि सरकारले बिओपी थप्ने गरी तयारी गरिरहेकोसमेत जानकारी दिइन् । 

...............

 

सरकारले आगामी तीन वर्ष वर्षभित्र संघीय संसद्को भवन निर्माण गरिसक्ने बताएको छ ।

त्यस्तै, ललितपुरको गोदावरीमा तीन हजार र रुपन्देहीको बुटवलमा एक हजार दुई सय व्यक्ति क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । 

आगामी आर्थिक वर्षभित्रमा यी सभाहलहरू सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । 

भक्तपुरको सानोठिमीमा पाँच हजार क्षमताको स्थायी आधुनिक सभाहल निर्माण कार्य प्रारम्भ गर्नेसमेत सरकारले जनाएको छ ।

..................

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै नेपालको आफ्नै ध्वजाबाहक पानी जहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जान सक्ने गरी तयारी थालिएको बताइन् । 

आगामी वर्षदेखि यस जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानी जहाज सञ्चालन गर्न कानुन व्यवस्था समेत गरिने बताइन् । 

भारतीय आन्तरिक जलमार्गसँग जोडिन गरी कोशी गण्डकी र कर्णाली जल मार्ग विकास गरीने बताइएको छ । 

गण्डकी नदिलाई भारतीय आन्तरिक जलमार्गसँग जोड्ने र उपयुक्त स्थानमा टर्मिनल निर्माणको अध्ययन सुरु गरी तीन वर्षभित्र गण्डकी नदिमा जल यातायात सञ्चालन गरीने लक्ष्य राखिएको छ । 

राष्ट्रपति विद्या भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन् । 

नागढुङ्गा–नौबिसे सडकखण्डको २.६८ किलोमिटरमध्ये एक किलोमिटर सुरुङ निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने भएको छ ।

सुरुङ निर्माणको कामले तिब्रता पाउने बताइन् । यस सुरुङमार्गको उद्घाटन भइसकेको छ ।

..............

पुर्व पश्चिम राजमार्गलाई चार लेनको बनाइने भएको छ । 

अहिले नारायणगढ र बुटवल सडकखण्डमा चार लेन बनाउने काम भइरहेको बताइएको छ । 

यस खण्डको नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार कार्यलाई तीन वर्ष भित्र सम्पन्न गर्ने जनाइएको छ । 

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएकी हुन् । 

..................

काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले चोभारमा निर्माण भइरहेको सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको जनाएकी हुन् । 

गत वर्षको नीति तथा कार्यक्रममा चोभारमा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलसहितको सुक्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चानलमा ल्याउने बताइएको थियो ।

.............

राष्ट्रपति विद्यादेवी भण्डारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएकी छिन् । 

उनले भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षदेखि सञ्चालन सुरु गरिने बताइन् ।  

पोखरामा निर्माणको चरणमा रहेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्रै सञ्चालनमा ल्याइने भएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलको पूर्णरुपमा निर्माण गरिने कार्यक्रममा उल्लेख छ ।

..........

काठमाडौंको चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहा दुई वर्ष भित्र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले चोभारमा निर्माण भइरहेको सुख्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको जनाएकी हुन् । 

गत वर्षको नीति तथा कार्यक्रममा चोभारमा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलसहितको सुक्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चानलमा ल्याउने बताइएको थियो ।

..........

सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ । 

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउन वैदेशिक रोजगारीमा जाने युवालाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति सरकारले लिएको जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन् । 

त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारले राखेको छ । ।

सरकारले सामाजिक सुरक्षालाई दिगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

............

सरकारले नवलपरासीस्थित धौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै आगामी आवभित्रै त्यहाँ पूर्वाधार तथा मेसिनरी जडान गरिने बताइन् । 

‘देशभित्र रहेका खानीस्थलको अध्ययन र अन्वेषण कार्य अघि बढाएको छ,  धौवादी फलाम कम्पनी स्थापना भएको छ,’ उनले भनिन्, ‘व्यावसायिक उत्पादनका लागि परीक्षण कार्य सम्पन्न भएको छ, आगामी आर्थिक वर्षमा पूर्वधार निर्माण तथा मेसिनरी जडान गरी उत्पादन सुरु गरिनेछ ।’

.............

नेपाल भारत पारबहन तथा बाणिज्य सन्धी पुनरावलोकन गरी नेपाली बस्तुको नीर्यातलाई सहज बनाइने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै शुक्रबार विद्या भण्डारीले नेपाली बस्तुको निर्यातलाई जोड दिने सरकारको नीति रहेको बताइन् ।

त्यस्तै, बंगालादेश र भुटानसँग सौभिद्यपुर्ण व्यापार सम्झतौ गरिने उल्लेख गरिएकाे छ । मित्र राष्ट्र चीनसँगको पारवहन सुबिधाको उपभोग गरी चिनियाँ बन्दरगाहहरुबाट तेस्रो मुलकसँगको व्यापार विस्तार गरिने भएको छ ।

.............

सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ । 

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति सरकारले लिएको जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन । 

त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारले राखेको छ । ।

सरकारले सामाजिक सुरक्षालाई दीगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

................

सरकारले सबै प्रदेशमा खाद्य बचत घर निर्माण गर्ने भएको छ । खाद्यान्नको भण्डारण गर्ने गरी यस्ता घर निर्माण गरिने भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । 

संघीय संसदमा सरकारको आगामी आव ०७७/७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले खाद्य सुरक्षा, भण्डारण तथा गुणस्तर कायम  गर्ने बताएकी हुन् ।

त्यसैगरी सबै प्रदेशमा जडीबुटी प्रशोधन उद्योगको पूर्वाधार बनाइने भएको छ । सरकारले सबै प्रदेशमा जडीबुटी प्रशोधन उद्योगको पूर्वाधार बनाउने भएको हो । 

स्वदेशी जडीबुटीलाई विश्वबजारमा पुऱ्याउने गरी जडीबुटी प्रशोधन गरिने भएको हो ।

...............

सरकारले सडक तथा राजमार्गका किनारा सार्वजानिक वन क्षेत्र, नदी उकास र उपयोगविहीन सार्वजनिक जमिनमा फलफूल र अन्य बोटबिरुवा रोप्ने भएको छ ।

सार्वजनिक जग्गालाई खाली नराख्ने नीति लिँदै सरकारले सम्पूर्ण खाली जमिनमा पर्याप्त फलफूल र बोटबिरुवा रोप्ने नीति लिएको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै राष्ट्रपति विद्या भण्डारीले भनिन्, ‘सरकारले भूमि उपयोगविहीन रहने स्थितिको अन्त्य गर्ने नीति लिएको छ ।’

............

राष्ट्रपति भण्डारीले प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने बताएकी छिन् ।

आगामी आव ०७७/७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले किसानको उत्पादनको बजार सुनिश्चित गरिने बताएकी हुन् । 

उनले किसानको बचतको प्रत्याभूति गरिनेसमेत बताइन् । 

...............

सरकारले जमिन बाँझो राख्न नपाउने गरी विशेष व्यवस्था कार्यन्वयनमा ल्याउने भएको छ । 

कृषि उत्पादनलाई जोड दिनका लागि सबै तहमा रहेका खाली जमिनको प्रयोगमा ल्याउने र कृषिमार्फत रोजगारी सिर्जनामा जोड दिइनेछ । 

सार्वजनिक जग्गामा फलफूल तथा कृषिका कार्य अगाडि बढाइने योजना ल्याइएको छ भने निजी जग्गाको समेत अधिकतम प्रयोग गरिनेछ । 

त्यस्तैगरी एउटा उत्पादनलाई ठूलो क्षेत्रमा लगाउने र त्यसका बजारको व्यवस्थासमेत गर्न सहज बतइन् । 

सरकारले बिउबिजन र कृषि अनुसन्धानमा समेत जोड दिने भएको छ । 

कृषिलाई आयमूलक र मर्यादित पेसाको रूपमा समेत विकास गरिने राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने क्रममा उल्लेख गरेकी छिन् । 

उनले वैदेशिक रोजगारीबाट फर्किएका तथा महिला समूहलाई समेत कृषिमा जोडिने बताइन् । 

सरकारले वास्तविक कृषकलाई ऋण तथा अनुदान र बिउबिजनको व्यवस्था गर्नेछ । 

अर्गानिक कृषि उत्पादनलाई जोड दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने योजना सरकारले बनाएको छ । 

..............

सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सरकारले सबै ठूला सडकहरूनजिक ट्रमा सेन्टरको स्थापन गर्ने भएको छ ।

सडक दुर्घटनामा परेर ज्यान गुमाउनु नपरोस् भन्ने अपेक्षाका साथ मूल सडकहरूनजिक ट्रमा सेन्टरहरूको स्थापना गर्न लागिएको हो । ट्रमा सेन्टर स्थापना भएसँग दुर्घटनामा परेकालाई तत्काल जाँचका लागि सहज हुनेछ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डरीले ठूला सडकहरूनजिक ट्रमा सेन्टर स्थापना गर्न लागिएको बताएकी हुन् ।

..............

गत वर्ष नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेर राष्ट्रपति विद्या भण्डारीले सम्बोधन गरेपछि विवाद भएपछि यस वर्षको सम्बोधनमा यो शब्दावली प्रयोग गरिएको छैन । 

गत वर्ष ‘मेरो सरकार’ शब्दाबली प्रयोग गरेर राष्ट्रपतिले संसदमा सम्बोधन गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । 

भण्डारीले ‘यस सरकार’ को स्थानमा ‘यो सरकार’ जस्ता शब्दावली प्रयोग गरी सम्बोधन गरिरहेकी छन् ।

गत बर्ष २०७६ बैशाख २१ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्दावलीको प्रयोग गरेपछि राष्ट्रपतिको चौतर्फी बिरोध हुन पुगेको थियो । 

गत वर्ष २६ पेजको नीति तथा कार्यक्रम पढ्दै गर्दा उनले थुप्रै पटक मेरो सरकार भन्ने शब्दको प्रयोग गरेकी थिइन् । 

त्यबेला सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमहरुमार्फत राष्ट्रपतिको आलोचना गर्दै नेपाल सरकार भनिनु पर्ने सुझाब आएको थियो ।

गत बर्षको उक्त ओलाचनाहरु र सुझावलाई ध्यान दिएर यस पटक सुधार गरिएको अनुमान गरिएको छ ।

..........

राष्ट्रपति भण्डारीले ठूला पूर्वाधार आयोजना र उत्पादनमूलक क्षेत्रका विदेशी लगानी आकर्षित गरिने बताएकी छिन् । 

‘सरकारले गरेका नीतिगत तथा पक्रियागत सुधारका कारण नेपालमा व्यवसाय गर्ने वातवरणमा उल्लेखीय सुधार आउको छ’ उनले भनिन्, ‘आगामी वर्ष ठूला पूर्वाधारलगायतका उत्पादनशिल क्षेत्रका परियोजनाहरुमा थप विदेशी लगानी आकिर्षत गरिने छ ।’

भौतिक पूर्वाधार निर्माणको गतिलाई तिव्रता दिने, उत्पादन र उत्पादकवत्व वृद्धि गर्ने तथा सार्वजनिक सेवामा सुधार गर्ने उनले बताइन् ।

.................

राष्ट्रपति विद्यादेवी भण्डारीले सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने बताएकी छिन् । रोजगारी सूचना केन्द्रसमेत स्थापना गरिने उनले बताएकी छिन् । 

राष्ट्रपति भण्डारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रमिक र रोजगारदाताबीच सम्पर्क गराउने गरी यस्ता केन्द्र स्थापना गरिने बताएकी हुन् । 

...............

सरकारले ‘चीनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश’ अभियान सञ्चालन गर्ने भएको छ । 

यसमार्फत स्नातकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकाससम्बन्धी काममा मुलुकभर परिचालन गरिने भएको छ । 

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले उक्त कार्यक्रममार्फत देश विकासमा हरेक युवालाई जोड्ने सरकारको तयारी रहेको बताइन् । 

................

देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने भएको छ ।

तीन अंकको नम्बरमा देशभर एम्बुलेन्स सेवा उपलव्ध गराइने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । प्रत्येक प्रदेशमा ५ सय शय्याको अस्पताल निर्माण तथा विस्तार गरिने समेत घोषणा उनले गरेकी छिन् । 

त्यस्तैगरी स्याटेलाइट अस्पतालको सुविधा समेत मिलाइने छ भने रोगको रोकथाम तथा नियन्त्रणका राष्ट्रिय रोग नियन्त्रण केन्द्र–नेपाल स्थापना गरिने छ । 

कोभिड१९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा ३०० र प्रदेशमा १००-१०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।  

वीरेन्द्र शैनिक अस्पताललाई आपतकालिन अस्पतालको रुपमा विकास गरिने भएको छ ।

.................

आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताएकी हुन् । 

त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारको लक्ष्य लिएको राष्ट्रपतिले जनाइन् । 

विषयगत जनशक्ति उत्पादन गर्ने शिक्षामा सरकारले ध्यान दिने भएको छ ।

.........

राष्ट्रपति भण्डारीले आगामी तीन वर्षभित्र देशका सवै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने बताएकी छन । 

राष्ट्रपति भण्डारीले संघीय संसदमा सरकारको आगामी आव २०७७र७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने बताइन् । 

हाल स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ सय ५१ स्थानीय तहका २७ लाख भन्दा बढी नागरिकको  स्वास्थ्य बीमा गरिएको उनले जानकारी दिइन । 

आगामी तीन वर्षभित्र सवै नागरिकमा पुग्ने गरी स्वास्थ्य बिमालाई विस्तार गरिने उनले बताइन । 

..........

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाल कायम रहेका अञ्चल अस्पतालहरुलाई आगामी वर्ष दुई सय शैयाको बनाउनका लागि सरकारले काम गर्ने  बताएकी छिन् ।

त्यस्तै, भुगोल र जनसङ्ख्याको आधारमा ५ देखी १५ शैयाको आधारभुत अस्पतालको विकास र स्तरोन्नति गरिने पनि प्रस्तुत कार्यक्रममा उल्लेख छ  ।

भण्डारीले अस्पतालको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् । प्रदेशमा रहेको सविकको जिल्ला अस्पतालहरुलाई २५ देखी ५० शैयाको अस्पतालमा विकास गरीने पनि बताइन् । 

................

नेपाललाई कोभिड–१९ मुक्त राष्ट्र बनाउन सवै खालका कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन ।

आगामी आर्थिक वर्ष स्वास्थ्यका कार्यक्रमहरुसमेत लागू गरिने भएको छ ।

सरकारले फजुल खर्च कटौती गरेर उत्पादन मुलुक क्षेत्र विकासको साथै आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रीत हुने राष्ट्रपतिले बताएकी छन् ।

महामारीसँग लड्नु परेको विषम परिस्थितीमा कृषि, औधोगिक विकास, आर्थिक उपलव्धी तथा विकासको समन्यायिक वितरण गर्नेसमेत आगामी बजेट प्राथमिकता पाउने घोषणा निती तथा कार्यक्रम मार्फत राष्ट्रपति भण्डारीले गरेकी छन् ।

.................

राष्ट्रपति भण्डारीले ‘संमृद्ध नेपाल सुखी नेपली’ अभियानमा सरकार थप दृढ रहेको बताएकी छिन । 

महामारीसँग जुध्नु परिरहेको विषम परिस्थीतीमा पनि नेपालाई संवृद्ध बनाउने र सवै नेपालीलाई सुखी बनाउने अभियानमा सरकार थप दृढका साथ अघि बढ्ने उनले बताईन । 

...................

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले फजलु खर्च रोक्ने तथा आयोजनाहरु समयमै सम्पन्न गर्ने नीति लिएको बताइन् । 

सामग्र सन्तुलित विकासका लागि सरकाले शुरु गरेका रुपान्तरणकारी , क्षेत्रगत र राष्ट्रियस्तरका आयोजना र कार्यक्रमहरु तोकिएको समय र लागतमा सम्पन्न गर्ने उनले बताईन् । 

आयोजना तथा कार्यक्रहरुको पुनः प्राथमिककीकरण गर्ने, फजलु खर्च रोक्ने तथा वित्तीय अनुशासन कार्यम गर्ने उनले बताइन ।

उत्पादन र रोजारीमा लगानी केन्द्रित गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताईन् ।

..................

राष्ट्रपति विद्या देवी भण्डारीले सरकार गठन भएको दुई वर्षमा उत्साहजनक सफलता मिलेको दावी गरेकी छन् । 

भण्डारीले सरकार गठनपछि पूर्णत स्थायित्व आउनुको साथै सुशासन प्रर्वद्धनको साथै विकासले गति समातेको समेत दावी गरेकी छन् । 

उनले स्थानीय तह, प्रदेशका संरचनाहरु खडा गरेर क्रियाशिल भएको साथै वित्तिय हस्तान्तरणको कार्य समेत सफल भएको बताइन् ।

साथै उनले नेपाललाई सरकारको यही कार्यकाल विकासशील राष्ट्रमा स्तरोन्नती गरिने बताइन् । 

दीर्घकालिन योजनाअनुसार समुन्नत राष्ट्रको स्तरमा पु¥याउने गरी आर्थिक र सामाजिक योजना तथा कार्यक्रम अघि बढाइएको उनले बताईन् ।

.............

राष्ट्रपति भण्डारीले तुईनको प्रतिस्थापन गर्ने सरकारको प्रतिवद्धता पुरा भएको बताइन् । 

राष्ट्रपति विद्यादेवी कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन् -नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु ।संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गर्दछु ।

................

सघीय संसद्को संयुक्त बैठक सुरु भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छिन् । 

राष्ट्रपति भण्डारीले देश कोरोना भाइरससँग गम्भीर परिस्थितीसँग जुधिरहेको उल्लेख गरेकी छिन् । साथै उनले सरकारले चालेको कदममा साथ दिएकोमा सर्वसाधारणलाई धन्यवाद दिइन् । 

राष्ट्रपति भण्डारीको सम्बोधन जारी रहेको छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैत ०७६ देखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।

विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई बोलाइएको छैन ।

संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । 

पिसिआर विधिबाट कोरोना परीक्षण नगराएका नौ सांसद उपस्थिति भएका छैनन् । 

..............

प्रधानमन्त्री केपी ओली संसदको जारी छैटौँ अधिवेशनमा पहिलो पटक संसद बैठकमा उपस्थित भएका छन् ।  संसदको छैटौँ अधिवेशन गत २६ वैशाखमा शुरु भएको हो ।  

बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धि छलफलमा सांसदहरुले प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताएका थिए । तर, ओली उपस्थित भएका थिएनन् । 

शुक्रबारको संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्टपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन् ।

राष्ट्रपतिले बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।  

 

सम्बन्धित समाचारहरु :

संघीय संसद् भवन तीन वर्षभित्र सम्पन्न गरिने

नागढुङ्गा–नौबिसे सुरुङमार्गकाे एक किलाेमिटर खण्ड यसै वर्ष बन्ने

पुर्व–पश्चिम राजमार्ग चार लेनको बनाइने

चोभारमा रहेको सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याइने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु हुने

वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा समेटिने

चोभारमा रहेको सुख्खा बन्दरगाहा दुई वर्ष भित्र सञ्चालनमा ल्याइने

वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा समेटिने

नेपाल - भारत पारवहन तथा बाणिज्य सन्धी पुनरावलोकन गरी नेपाली बस्तुको निर्यात गरिने

नवलपरासीको धौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने

सबै प्रदेशमा खाद्य बचत घर निर्माण गरी खाद्यान्न बचत गरिने

सडक किनारका खाली जमिनमा अब फलफुल लगाइने

जमिन बाँझो राख्न नपाइने

प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

सबै ठुला सडक नजिक ट्रमा सेन्टर

राष्ट्रपतिको सम्बोधनमा यसपटक हट्यो ‘मेरो सरकार’, भनिँदै छ ‘यस सरकार’

सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

‘चिनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश’ अभियान सञ्चालन गरिने

देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने

आगामी आर्थिक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने

तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमामा समेटिने

अञ्चल अस्पताललाई दुई सय शैयाकाे बनाइने

कोभिड १९ मुक्त राष्ट्र बनाउने राष्ट्रपति भण्डारीको घोषणा 

समृद्ध नेपाल सुखी नेपालीमा सरकार थप दृढ

फजुल खर्च रोक्ने र आयोजनाहरू समयमै सक्ने सरकारी नीति

नीति तथा कार्यक्रम : तुइन प्रतिस्थापन गर्ने सरकारको प्रतिबद्धता पूरा

सरकार गठनको दुई वर्षमा उत्साहजनक सफलता– राष्ट्रपति भण्डारी

छैटौँ अधिवेशनमा पहिलोपटक संसदमा प्रधानमन्त्रीको उपस्थिति