मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ २ शुक्रबार १६:२०:००
Read Time : < 1 मिनेट
विश्व

१० लाख जनसंख्या रहेको बंगलादेशको शरणार्थी शिविरमा भाइरस संक्रमण भेटियो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ २ शुक्रबार १६:२०:००

बंगलादेशमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धेरै जनसंख्या भएको यस शिविरमा भाइरस फैलियो भने नियन्त्रण गर्न गाह्रो हुने भन्दै अगाडिदेखि नै चिन्ता बढिरहेको थियो । 

त्यहाँ अधिकांश रोहिंग्या शरणार्थी सन् २०१७ मा म्यानमारको सैनिक आक्रमणपछि आएर बसेका छन् ।

१० लाख जनसंख्या रहेको रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरसबाट दुईजना संक्रमित भेटिएका छन् । सरकारी रोहिंग्या शरणार्थी रिपेटरिएसन कमिसनमा काम गर्ने एक चिकित्सकले कक्स बजारमा रहेका शरणार्थीमा कोरोना संक्रमणको पुष्टि भएको बताए । 

संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गरिइरहेको छ । यो शिविरमा मार्चको १४ देखि लकडाउन जारी छ । 

यो शिविरमा धेरै जनसंख्या, पानीको अभाव, सरसफाइको कमी आदि कारणले भाइरस संक्रमण फैलिन उपयुक्त वातावरण छ । कक्स बजारमा प्रतिवर्गकिलोमिटर ४० हजारदेखि ७० हजारसम्म मानिसहरु बसोवास गर्छन् । 

बंगलादेशमा सेभ द चिल्ड्रेन चिकित्सक समिम जहानले भाइरसले शिविरमा रहेका हजारौँ मानिसलाई मार्न सक्ने डर रहेको बताएका छन् ।  

बंगलादेशमा हालसम्म २० हजार मानिस संक्रमित भएका छन्, जसमध्ये करिब चार हजारजना उपचारपछि निको भएका छन् । यहाँ दुई हजार मानिसको संक्रमणबाट ज्यान गएको छ ।