Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार ०६:२६:००
Read Time : < 1 मिनेट
अर्थ

इसेवाले सुरु गर्‍याे मनी ट्रान्सफर सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २ शुक्रबार ०६:२६:००

इसेवा मनी ट्रान्सफरले सेवा सुरु गरेको छ । इसेवा मनी ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको हो । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेको इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए । यससँगै अब जापानमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफरमार्फत सहज र सुरक्षित रूपले रकम पठाउन सक्ने उनले बताए । 

आगामी दिनमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए । जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने, ‘हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाउँमा रहनुभएका नेपालीले छिटो, छरितो र सुलभ माध्यमबाट नेपालमा पैसा पठाउन सक्नुहुनेछ ।’ 

अब नयाँ सोच, प्रविधि र समयअनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था आएको उनको भनाइ थियो । डिजिटल माध्यमबाट नै आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको उनको भनाइ छ । इसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीका रूपमा स्थापना गर्नु आफूहरूको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।