१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १ बिहीबार १७:५९:००
Read Time : < 1 मिनेट
समाचार

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १ बिहीबार १७:५९:००

गृह मन्त्रालयले जिल्लाभित्र सवारी चलाउन दिएको पास पनि खारेज गरेको छ । जेठ ३ गते शनिबारदेखि लागू हुने गरी जिल्लाभित्रको पास पनि खारेज गर्ने निर्णय भएको गृह मन्त्रालयका सूचना अघिकारी एवं उपसचिव उमाकान्त अधिकारीले नयाँ पत्रिकालाई जानकारी दिए । 

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास भने बिहीबारदेखि लागू हुने गरी खारेज गरिसकेको छ । 

यसैबीच, गृह मन्त्रालयमा बिहीबार भएको समीक्षा बैठकले लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडालाई अझ सक्रिय बनाउने निष्कर्ष निकालेको अधिकारीले जानकारी दिए ।