१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १ बिहीबार १२:५१:००
Read Time : < 1 मिनेट
समाचार

आज लकडाउनको ५२औँ दिन, उपत्यकाभित्र सवारीसाधनको जाँचमा कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १ बिहीबार १२:५१:००

सरकारले लकडाउनलाई बिहीबारदेखि पुनः कडाइका साथ लागू गरेको छ । 

लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारीसाधन सञ्चालनका लागि केही सहज बनाएको थियो । 

उपत्यकामा टाइमकार्ड लागू गरी कर्मचारीको सवारीसाधन सञ्चालन गर्न दिइएको थियो ।

लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । कोरोना भाइरस संक्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबार (आज)देखि पुनः लकडाउनलाई कडाइका साथ लागू गरिएको छ । 

सडकमा गुडेका सवारीसाधानको चेकजाँच कडाइका साथ गर्न थालिएको छ । पासविना र अत्यावश्यक कामविना हिँडेकाहरूमाथि कडाइ गरिएको छ । 

बिहीबार उपत्यकाका सडकमा सुरक्षाकर्मीहरूले सवारी चेकजाँचलाई कडाइ गरेको देखिएको छ । 

सडकमा मानिसको आवागमन पनि न्यून देखिएको छ । अत्यावश्यक सेवाका साधनहरू, उपभोग्य वस्तुका साधनहरू, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलगायतका व्यक्तिको सवारीसाधनलाई चेकजाँच गरी प्रहरीले छाड्ने गरेको छ । 

सवारी पास नभएका सवारीसाधनलाई भने नियन्त्रणमा लिएको छ ।

उपत्यकाका भित्री सडकहरूमा अत्यावश्यक उपभोग्य खाद्य पसलहरू खुलेका छन् भने मानिसहरू आफ्नो घरनजिकको पसलसम्म पुगेर किनमेल गर्ने गरेका छन् । 

गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउन बिहीबार ५२औँ दिन पुगेको छ ।