मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १ बिहीबार १०:३४:००
Read Time : < 1 मिनेट
सेयर बजार

अर्को निर्णय नभएसम्मका लागि सेयर बजार पुनः बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १ बिहीबार १०:३४:००

सरकारले एकतिहाइ कर्मचारी राखेर बैंकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सुचारु भएको सेयर बजार पुनः बन्द भएकाे छ । बिहीबार (जेठ १) देखि अर्को निर्णय नभएसम्मको लागि बन्द गर्ने निर्णय गरेकाे नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले बताए । 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लगानीकर्तालाई पासको व्यवस्था गर्न नसकेको र स्वास्थ्यको ख्याल गर्दै बजार बन्द गर्न लागेको उनले बताए । दुई दिनको कारोबारमा नेप्से सूचक करिब ५० अंकले घटेको छ ।

यता, लगानीकर्ताहरू लकडाउनको बीचमा सेयर बजार घटाउन खुलाएको भन्दै दुई दिनको कारोबार रद्द गर्न माग गरेका छन् । तर, बोर्डले भने भइसकेको कारोबार रद्द नगर्ने जानकारी दिएको छ ।