१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १ बिहीबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार

सीमा अतिक्रमणको विरोधमा नेविसंघको राँके जुलुस 

Read Time : < 1 मिनेट
२०७७ जेठ १ बिहीबार ०८:५२:००

नेपाल विद्यार्थी संघ लमजुङले राँके जुलुस निकालेको छ । भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको विरोधमा राँके जुलुस निकालेकाे हाे । नेविसंघले सदरमुकाम बेंसीसहरमा बुधबार साँझ अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरेको हो । 

भीमसेनथानबाट सुरु भएकाे राँके जुलुस शेरा पुगेर कोणसभामा परिणत भएको थियो ।  कोणसभामा बोल्दै नेविसंघ लमजुङका उपसभापति दीपक अधिकारीले अतिक्रमित नेपाली भूमि फिर्ता गर्न सरकारले कूटनीतिक पहल नगरेको र आफ्नो भूमि मिचिँदासमेत सरकार उदासीन बनेको आरोप लगाए । उनले भने, 'सरकारले छिटोभन्दा छिटो कूटनीतिक पहल गरी अतिक्रमित भूमि फिर्ता गर्नुपर्छ ।' 

पुत्ला दहन

सरकारको उदासीनता र भारतीय हस्तक्षेपविरुद्ध बुधबार साँझ नै नेविसंघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन  गरेको छ ।

भारतले एकतर्फी रूपमा सडक सञ्जाल निर्माण गर्दासमेत सरकार उदासीन देखिएकाले प्रधानमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ लमजुङका उपसभापति अधिकारीले बताए ।