Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार २०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाली भूमि फिर्तापछि नक्सा जारी हुन्छ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार २०:३२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले भारतले नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै वेला एकतर्फी रूपमा सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कूटनीतिक नोट पठाएर विरोध र असहमति राखिएको पनि जानकारी गराए । त्यस्तै, उनले सबै राजनीतिक दलको साझा मत र राष्ट्रिय एकतासहित सीमा समस्या समाधान गर्न सरकारले पहल अघि बढाउनेसमेत जानकारी गराएको जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाललगायतले सुझाब राखेका थिए ।