मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १५:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १५:२१:००

अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ललितपुरको पुल्चोकमा रहेको निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल गरिएको छ ।

अस्पतालमा कार्यरत एक कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि बुधबारबाट सिल गरिएको हो । 

अस्पताल सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश दिइएको छैन । अस्पतालमा कार्यरत कर्मचारीकाे मंगलबार कोरोना परीक्षण नतिजा पोजेटिभ देखिएको थियो । 

वैशाख ९ गते इटहरी गएर वैशाख २९ गते इटहरीबाट फर्किएकी ती कर्मचारीकाे राष्ट्रिय विज्ञान प्रयोशालामा स्वाब परीक्षण गरिएको थियो । 

२९ गते नै परीक्षणका लागि स्वाब संकलन गरिए पनि रिपोर्ट मंगलबार राति मात्रै आएको थियो । 

स्वाब दिएर उनी घर पनि गएको बताइएको छ । इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एकजना कर्मचारी र एम्बुलेन्सचालकले उनलाई साँगाबाट लिएर आएका थिए । 

अहिले संक्रमित कर्मचारीलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पतालभित्रै रहेको बताइएको छ ।