मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १३:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा सांसद बिडारीको ठहर– 'राहत बाँडेको देखाउन गाउँगाउँ डुलेर मन्त्री, सांसद र नेताले कोरोना सारे'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १३:५२:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन् ।

सांसद बिडारीले राहत बाँड्ने नाममा गाउँगाउँमा मान्छे जम्मा गरेर मन्त्री, सांसद र नेताहरूले कोरोना संक्रमण फैलाएको ठहर गरेका हुन् । 

राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रूपमा वितरण हुनुपर्ने भए पनि कसैले नपाएजस्तो गरी नेताहरू गाउँगाउँ गएर कोरोना संक्रमण फैलाएको अारोप उनको छ । 

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै बिडारीले भने, ‘नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट, टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे । मन्त्री, सांसद र नेताहरूले कसैले नपाएकोजस्तो गरी राहत बाँडे । राहत भूकम्पको वेलामा बाँड्ने हो । राहत बाढी पीडित भएको वेलामा बाँड्ने हो । अहिलेको राहत लोकल सरकारले बाँड्ने हाे, अरूले होइन । लोकल सरकारको पनि वडाध्यक्षले बाँड्ने पनि होइन, वडा सदस्यले बाँड्ने हो ।’

राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानुन बनाएर लागू गर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो । 

अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दूध र अन्डा सरकारले किनेर जनताको घरमा पुऱ्याउनुको सट्टा गफ गरेर नहुने उनले बताए ।