१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १२:४७:००
Read Time : < 1 मिनेट
प्रविधि

ट्विटरका कर्मचारीले कार्यालय नगई सदाका लागि घरबाटै काम गर्न सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १२:४७:००

सामाजिक सञ्जाल ट्विटरले आफ्ना सबै कर्मचारीहले सधैँका लागि घरबाटै काम गर्न सक्ने निर्णय गरेको छ । 

अर्थात् अब कर्मचारीले चाहेमा कार्यालयमा नगई घरबाटै काम गर्न सक्ने ट्विटरले जनाएको छ । 

कोही कर्मचारी कार्यालय गएर काम गर्न चाहेमा कार्यालयमा गएर काम गर्न सक्छन् भने घरमै बसेर काम गर्न चाहने कर्मचारीले घरबाट नै काम गर्न सक्ने अनुमति ट्विटरले दिएको छ । 

ट्विटरको यो निर्णयलाई सूचना प्रविधिविज्ञहरूले युग परिभाषित समाचारसमेत भनेका छन् । 

ट्विटर कोरोना भाइरसको महामारी फैलिनुअघि नै ‘वर्क फ्रम होम’को रणनीति अपनाउने तयारीमा थियो ।

लकडाउनले ट्विटरलगायतका थुप्रै प्रविधिजन्य कम्पनीलाई बाध्यात्मक रूपमा भए पनि घरबाटै काम गर्ने बनाएको थियो । ट्विटरका लागि भने यो परीक्षण अवधि जस्तै साबित हुन पुगेको मान्न सकिन्छ ।

अमेरिकाको सनफ्रान्सिस्कोस्थित कम्पनीले मंगलबार अब धेरैजसो कर्मचारीले सधैँका लागि घरबाटै काम गर्न सक्ने बताएका हो ।

ट्विटरको यो निर्णय ठूला–साना प्रविधि कम्पनीहरूका लागि पनि एक नयाँ सिकाइ बन्ने देखिएको छ ।

अब धेरैजसो सूचना प्रविधिसम्बन्धीका कम्पनीहरूले यस्तो प्रणाली अपनाउने सम्भावना रहेको सूचना प्रविधिविज्ञहरूको भनाइ छ ।