मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ३० मंगलबार २२:२९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

थप २६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या दुई सय १७ पुग्यो

काठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख ३० मंगलबार २२:२९:००

थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा, कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

काठमाडौं र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक र भक्तपुरमा दुईजनामा संक्रमण पुष्टि भएको हो ।  

यसअघि मंगलरबार नै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।