Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख ३० मंगलबार १८:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बलात्कार आरोपमा चिकित्सक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३० मंगलबार १८:०२:००

बलात्कार आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् ।  प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक पक्राउ परेका हुन् । 

लकडाउनको समयमा  उपचारका लागि क्लिनिकमा आएको वेला  ती चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिएकी थिइन् । पीडित युवतीको उजुरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

बस्नेतले घटनाको अनुसन्धानका लागि ती चिकित्सकलाई थुनामा राखिएको र चाँडै कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।