१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३० मंगलबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार

संस्कृतिविद् सत्यमोहन जोशी एक सय एक वर्षमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख ३० मंगलबार १३:३९:००

शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी एक सय एक वर्षमा प्रवेश गरेका छन् । 

वि.सं. ३० वैशाख १९७७ सालमा ललितपुरको बखुम्बहालमा जन्मेका जोशी मंगलबार आज एक सय एक वर्षमा प्रवेश गरेका हुन् ।

जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् । 

जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् । 

लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिए पनि उनको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन् । 

गत वर्ष जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक बिदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाएको थियो । 

जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरूलाई धन्यवाद दिँदै अझै पनि केही असल काम गरेर जीवन बिताउन पाऊँ भन्दै प्रार्थना गरेको बताए ।