मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ३० मंगलबार ११:१७:००
Read Time : < 1 मिनेट
समाचार

बालबालिकाको मुद्दामा सहयोग गर्न रसुवा अदालतमा तोकियो बालमनोविज्ञ

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३० मंगलबार ११:१७:००

बालबालिकासम्बन्धी मुद्दा हेर्न रसुवा जिल्ला अदालतमा बालमनोविज्ञ तोकिएको छ । 

विगत सात वर्षदेखि बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्दै आएकी सुनितामाया गुरुङलाई रसुवा जिल्ला अदालतको बालमनोविज्ञको रूपमा तोकिएको हो । 

गत मंसिरमा जिल्लामा स्नातक तह पास गरेकामध्येबाट गुरुङलाई रसुवा जिल्ला अदालतको बालमनोविज्ञको रूपमा मनोनयन गरिएको थियो । 

मनोनयनपश्चात् उनलाई दुई महिना बालअधिकार तथा बाल न्यायसम्बन्धी काठमाडाैंमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण सकेपछि उनलाई गत माघ पहिलो साता रसुवा अदालतको बालमनोविज्ञमा सूचीकृत गरिएको थियो । 

बालबालिकाको मुद्दामा बालबालिकाको मनोविज्ञान अध्ययन गरी बालबालिकाको सर्वाेत्तम हित हेरेर बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ ले तोकेको ढाँचामा प्रतिवेदन बुझाउने र बाल इजलासमा न्यायाधीशससमक्ष आफनो राय प्रतिवेदन पेस गर्नुपर्नेछ । 

बालमनोविज्ञ तोकिएसँगै जिल्ला अदालतमा आउने बालबालिकाको मुद्दा फैसला गर्नका लागि सहज भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।