१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ३० मंगलबार १०:४६:००
Read Time : < 1 मिनेट
समाचार

सुस्त मनस्थितिका युवकको बीभत्स हत्या, शवबाट टाउको गायव 

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३० मंगलबार १०:४६:००

सिराहाको लहान नगरपालिका– १७ गोविन्दपुरका सुस्त मनस्थितिका एक युवकको बीभत्स हत्या भएको छ । हत्यापछि युवकको शवबाट टाउको गायव छ । स्थानीय ३८ वर्षीय मोहमद सफिदको घरनजिकै रहेकाे आफ्नै बारीमा सोमबार मध्यरातमा टाउको नभएको शव भेटिएको हाे ।

घटनास्थलमा उत्तानो अवस्थामा रहेको सफिदको शवमा टाउको छैन भने छातीमा गहिरो चोटसमेत लागेको प्रहरीले जनाएकाे छ । स्थानीय मो. इसाकका चारभाइ छोरामध्ये सफिद कान्छा हुन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार मंगलबार बिहान ६ बजेतिर टाउको नभएको शव भेटिएको खबर पाएलगत्तै घटनास्थल पुगेर घटनास्थल सिल गरिएको छ । 

‘शवको टाउको नभएकाले वरिपरि खोज्दै छौँ,’ थापाले भने, ‘टाउको भेटिएको छैन ।’ घटनास्थल स्थानीय मुतनी जंगलदेखि करिब दुई सय मिटर पूर्व पर्छ । 

टाउको नभएको शव भेटिएको घटनास्थल गोविन्दपुर गाउँको मस्जिदनजिकै रहेको लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताए । मध्यरातमा हत्या भएको खबर पाएपछि स्थानीय गाउँलेले रातभर खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए । 

कुकुरसहितको अनुसन्धान घटनास्थलमा

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको अनुसन्धान टोली पुगेकाे छ। 

‘घटना जटिल भएकाले विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गर्दै छौँ,’  प्रहरी नायव उपरीक्षक थापाले भने, ‘घटनास्थल र वरिपरिका ठाउँमा प्रहरीले निगरानी बढाएको छ ।’