मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेपाल प्रवेश गर्न नपाएपछि दशगजा क्षेत्रका अलपत्र परेका नेपालीहरू 
डिलाराम भुसाल कपिलवस्तु
२०७७ बैशाख २९ सोमबार २१:५७:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमित थपिएसँगै कपिलवस्तु सिल, सीमा क्षेत्रमा सयौँ नेपाली अलपत्र

Read Time : < 1 मिनेट
डिलाराम भुसाल कपिलवस्तु
२०७७ बैशाख २९ सोमबार २१:५७:००

जिल्लामा कोरोना संक्रमित थपिएसँगै कपिलवस्तु सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई ५ जेठसम्मका लागि सिल गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गरेको पत्रकार सम्मेलनमा २९ वैशाखको साँझ ५ बजेदेखि लागू हुने गरी ५ जेठको मध्यरातसम्म जिल्ला सिल गरिएकोे प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्लामा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला सिल गरिएको समयमा पनि अतिआवश्यकीय वस्तुहरू (खाद्यान्न, तरकारी, फलफूल, दूध, पेटोलियम पदार्थ, ग्यास, औषधि, पानी, पशुपन्छीको दाना) ढुवानी गर्ने सवारीसाधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने सवारीसाधनहरू (जिल्लाभित्र ओर्लन र चढ्न नपाउने गरी) सञ्चालन हुन दिने जनाएको छ । यसबाहेक जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका गतिविधि (उद्योगधन्दा, कलकारखाना, निर्माणसँग सम्बन्धित कार्यहरू, व्यापार व्यवसाय)मा रोक लगाइएको छ ।

सुरक्षा समितिले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २ (१) बमोजिम पूर्ण रूपमा रोक लगाइएको जनाएको छ । खाद्यान्न तथा तरकारी ढुवानीका लागि बिहान ७ बजेदेखि ९ बजेसम्मको समय कायम गरिएको छ ।

यसैबीच, भारतले लकडाउन केही खुकुलो बनाएपछि भारतका विभिन्न स्थानबाट नेपाल आउन लागेका दुई हजार एक सयभन्दा बढी नेपाली भारतीय सीमातर्फ अलपत्र परेको स्थानीय प्रशासनले जनाएको छ । सीमा क्षेत्रमा आइपुगेका नेपालीहरू तीन–चार दिनदेखि दशगजामा अलपत्र अवस्थामा रहेका छन् ।