मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २९ सोमबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्यमन्त्री ढकाल भन्छन्- कोरोना विस्तार हुन नदिने नीति अवलम्बन गरेका छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २९ सोमबार १७:३९:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नीति अवलम्बन गरेको बताएका छन् । चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सोमबार ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अवलम्बन गरिएको बताए । 

उनले भने, ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियौँ, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छौँ ।’

मन्त्री ढकालले मानवीय क्षतिविना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको उल्लेख गरे । स्वास्थ्य सामग्री र अनुभव दुवैको अभावका बीचमा पनि राम्रो प्रयास भइरहेको भन्दै उनले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंसा गरे । 

उनले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाई विश्वका जुनजुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको बताए । उनले चीनका तर्फबाट विभिन्न मोडलमा भइरहेको चिकित्सकीय छलफल र अन्तरक्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताए । 

मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताए । उनले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेको भन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेको भन्दै एक–अर्कालाई सहयोग गरेर अघि बढिएको बताए । 

कार्यक्रममा  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसँग लड्न नेपाललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । 

चीनले नेपाललाई दिएका स्वास्थ्य सामग्रीमा ४० हजार पिसीआर टेस्ट किट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पिपिई सेट १० हजार थान रहेका छन्। यसअघि पनि चीनको विभिन्न प्रान्तीय सरकार र विभिन्न संस्थाले पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।