१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख २९ सोमबार १५:५४:००
Read Time : < 1 मिनेट
अर्थ

बागमती प्रदेशको बजेट खर्च निराशाजनक

Read Time : < 1 मिनेट
२०७७ बैशाख २९ सोमबार १५:५४:००

बागमती प्रदेशको बजेट खर्चको स्थिति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष ०७६/७७ सकिन दुई महिना मात्र बाँकी हुँदा २२.०९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा ४० प्रतिशत रकम फ्रिज भएपछि प्रदेश सरकारले नयाँ आर्थिक वर्षमा बजेट खर्चलाई प्राथमिकता दिने जनाएको थियो । तर, कोरोना प्रभाव र लकडाउनका कारण खर्च बढ्न नसकेको प्रदेश सकारले जनाएको छ । 

आर्थिक वर्षको बाँकी अवधिमा बजेट खर्चको स्थितिमा सुधार नभए चालू आवमा बागमती प्रदेशमा ६० प्रतिशतभन्दा बढी रकम फ्रिज हुने आकलन प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको छ ।

अझै केही समय कोरोना प्रभाव र लकडाउन कायम रहे विकास निर्माण अत्यन्त कम हुने र पुँजीगत खर्चको अनुपात नबढ्दा ६० प्रतिशतभन्दा बढी रकम फ्रिज हुने सम्भावना रहेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले बताए ।

चालू आर्थिक वर्षको पुँजीगततर्फ २६ अर्ब १९ करोड ३८ लाख ११ हजार बजेट विनियोजन भएको थियो । जसमा १८.३५ प्रतिशत अर्थात् चार अर्ब ८० करोड ६० लाख मात्रै खर्च भएको कार्यालयले जनाएको छ । 

चालूतर्फ २१ अर्ब १४ करोड ३७ लाख ६७ हजार बजेट रहेकोमा २७.०४ प्रतिशत खर्च अर्थात् पाँच अर्ब ७१ करोड ६७ लाख ८१ हजार मात्र खर्च भएको छ ।