१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख २९ सोमबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार

उखु किसानको छलफलमा झडप, ११ जना घाइते

Read Time : < 1 मिनेट
२०७७ बैशाख २९ सोमबार १५:२६:००

सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा भइरहेको छलफलमा साेमबार झडप हुँदा ११ जना घाइते भएका छन् । राससका अनुसार छलफलको क्रममा विवाद उत्पन्न हुँदा झडप भएको हो ।

धनकौल गाउँपालिका ६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री गर्नका लागि लैजाने भन्दै आएका ६ वटा ट्रकलाई स्थानीय किसानले गएराति नियन्त्रणमा लिएका थिए । 

उद्योगलाई बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका थिए ।

किसानले नियन्त्रमा लिएका ट्रक इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया  प्रहरी चौकी भवानीपुरमा राखिएको छ । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुईवटा खाली छन्। 

भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड गरिएको छ । प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहँदा दुई पक्षबीच झडप भएको सर्लाहीका एसपी विश्वमणि पोख्रेलले जानकारी दिए।

अन्नपूर्ण चिनी उद्योगले ०७० सालदेखि करिब १२ हजार उखु किसानको  करिब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । उद्योगले भुक्तानी नदिँदा उखु उत्पादक किसान निरास भएका छन् । 

किसान र उद्योगीबीचको समस्या समाधान गर्न विशेष पहल भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।