मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमेरिकामा तेस्रो ग्लोबल फिल्म अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:१४:००

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१८ को तेस्रो संस्करण अमेरिकाको कोलोराडो राज्यको डेनेभरमा हुने भएको छ । यसअघिका दुईटा संस्करण पनि सोही सहरमा सम्पन्न गरिएको अवार्ड यसपालि जनवरी ५ तारिखमा भव्य तरिकाले आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिएका छन् । 

अमेरिकास्थित ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी)ले नेपाल फिल्म सोसाइटीसँगको सहकार्यमा आयोजनामा गर्ने अवार्डमा नेपालबाट चर्चित फिल्म सेलेब्रिटी सहभागी हुँदै छन् । ‘नेपाली सिनेमा–भिलेज टु ग्लोब’ नारा राखिएको अवार्डले नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान, हौसला र प्रोत्साहन दिने गरेको नेपाल फिल्म सोसाइटीका सचिव शान्तकुमार श्रेष्ठ बताउँछन् । विगतका वर्षमा झैँ यसपालि पनि अवार्ड भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको जानकारी अध्यक्ष नवराजले दिएका छन् ।