मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ बैशाख २८ आइतबार १९:५४:००
Read Time : < 1 मिनेट
अर्थ

विकास निर्माण कार्य सुचारु गर्दै जनकपुर उपमहानगरपालिका

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ बैशाख २८ आइतबार १९:५४:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ठप्प रहेको विकास निर्माण कार्यलाई जनकपुरधाम उपमहानगरपालिकाले सुचारु गर्न थालेको छ ।

विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विकास निर्माण ठप्प रहेको भन्दै विकास निर्माणका केही काम अगाडि बढाउन मेयर लालकिशोर साहले निर्देशन दिएका थिए । कोरोना जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गरी विकास निर्माणको कार्यलाई अगाडि बढाउने निर्णय गरिएको मेयर साहले बताए ।

जनकपुर उपमहानगरपालिका वडा नं. ५ र ६ को पेठिया बजारदेखि रहिमपथ टोलसम्म सञ्चालनमा रहेको सहरी विकास आयोजनाअन्तर्गत सडक तथा नाला निर्माण कार्य सुरु भएको छ । काम पहिलेदेखि नै सुरु भएको भए पनि लकडाउनका कारण अवरुद्ध भएको थियो ।

आइतबार बिहान अनुगमन गर्दै मेयर साहले महावीर चोकदेखि पेठिया जाने सडक यथाशीघ्र कालोपत्रे गर्न निर्देशनसमेत दिएका छन् । यसका अलावा अन्य वडाका कार्यक्रमहरूसमेत चाँडै सुरु गरिने मेयर साहले बताए । कोरोना लामो समय रहने भन्दै उनले सबै क्षेत्र बन्द गर्दा मुलुक अप्ठ्यारो अवस्थामा जाने भएकाले विकास निर्माणका क्षेत्र विस्तारै खुला गर्नुपर्ने बताए ।