१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख २८ आइतबार १९:२३:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाविरुद्ध मर्यादित भएर लडौँ : मुख्यमन्त्री शाही 

Read Time : < 1 मिनेट
२०७७ बैशाख २८ आइतबार १९:२३:००

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमित नभेटिए पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथामका लागि मर्यादित भएर लाग्न आग्रह गरेका छन् । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएको र कामको खोजीमा भारत गएका कर्णाली प्रदेशका नागरिक लुकिछिपी घर फर्कने क्रम जारी रहेको भन्दै मुख्यमन्त्री शाहीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको पूर्ण रूपमा पालना गर्न आग्रह गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोराेना भाइरसविरुद्ध भइरहेको पूर्वतयारीको अनुगमन गर्न पुगेका शाहीले लकडाउनको पूर्ण पालना नै कोराेना रोकथामको एक मात्र विकल्प रहेको बताए । कोरोना संक्रमणले पार्ने प्रभाव न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकार निकै चनाखो भएर लागिपरेको भन्दै शाहीले कर्णाली प्रदेश प्रवेशमा कडाइ गरिने बताए । अब हप्ता दिनको नतिजापछि लकडाउनको विषयमा पुनर्विचार गरिने भन्दै उनले कोरोना संक्रमित भेटिएको स्थानमा मात्र सिल गरेर अन्य स्थानमा लकडाउन बिस्तारै खुकुलो बनाउँदै लैजाने प्रदेश सरकारले योजना रहेको बताए ।

कर्णालीमा दश हजार स्वाब संकलन गरिने 
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले अहिले कर्णाली प्रदेशका दश जिल्लाका सात सय १८ वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए । ‘एक वडाबाट कम्तीमा १० जनाको स्वाब परीक्षण गर्न निर्देशन दिइएको छ । कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘हप्ता दिनमा १० हजार स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।’ कर्णाली प्रदेशको सुर्खेतमा दुईवटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एउटा पिसिआर परीक्षण उपकरण रहेको छ ।