१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनिष खड्का रुकुम पश्चिम
२०७७ बैशाख २८ आइतबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार

पानीको विषयमा झगडा हुँदा आठजना घाइते

Read Time : < 1 मिनेट
मनिष खड्का रुकुम पश्चिम
२०७७ बैशाख २८ आइतबार १८:३२:००

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ३ खदीमा खानेपानीको विषयमा झगडा हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई सुर्खेत रेफर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए ।

नगरपालिकाको वडा नं. ३ कै डाँडामाथिको खानेपानी मुहानको विषयमा विवाद भएपछि खदीको तलिगाउँ र माथिगाउँका स्थानीयबीच कुटाकुट भएको हो । केसीका अनुसार ४६ वर्षीय मदनबहादुर भण्डारी, २७ वर्षीय गणेश बोहरा र ४४ वर्षीय गोपाल बोहरालाई आठबिसकोट नगर अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि रेफर गरिएको हो । यस्तै, २८ वर्षीया सुत्केरी दिलकुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा, ४६ वर्षीय मोहन बोहरा र शशिराम बोहरा सामान्य घाइते भएका छन ।

घाइतेमध्ये शशिरामबाहेक सबै तलिगाउँका रहेको स्थानीयले बताएका छन् । घाइतेमध्ये केहीको नगर अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएको केसीले जानकारी दिए । 

घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । ‘घटनामा को–को संलग्न छन् भन्नेबारेमा अनुसन्धान भइरहेको छ,’ केसीले भने, ‘वडाध्यक्ष केशरमान विकसमेत घटनामा संलग्न रहेको बुझिन आएको छ । उहाँसहित अन्यको खोजी भइरहेको छ ।’ डाँडामाथि भन्ने ठाउँमा सुन्तला पकेट क्षेत्रको योजना परेको र त्यस ठाउँका नागरिकले उक्त मुहानको पानी त्यसैमा प्रयोग गर्न खोजेपछि विवाद सिर्जना भएको बताइएको छ ।