१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २८ आइतबार १८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर बयान लिन राप्रपाको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २८ आइतबार १८:३६:००

भारतले नेपाली भूमि अतिक्रमण गरी एकतर्फी सडक बनाएको विषयमा भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर बयान लिन राप्रपाले सरकारलाई सुझाब दिएको छ । राप्रपाले नेपाली भूमिको अतिक्रमण, सेनाको उपस्थिति र सडक निर्माण कार्यको विरोध गर्दै तत्काल कूटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै भारत सरकारलाई पत्राचार गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 

अतिक्रमणको विषयमा राष्ट्रिय सहमतिको आधारमा भावी रणनीति तयार गर्न सर्वदलीय बैठक अविलम्ब बोलाउन, अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गर्न आवश्यक पहल गर्न र त्रिदेशीय बिन्दु सम्बन्धमा निर्णय गर्दा नेपालसँग परामर्श र सहमति नगरेकोप्रति खेद प्रकट गर्दै त्यसबारे चिनियाँ सरकारको ध्यानाकर्षण गराउनसमेत राप्रपाले सुझाब दिएको छ । 

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै भारत सरकारको मिचाहा प्रवृत्तिको भर्त्सना गरेका छन् । नेपाल सरकारको निष्क्रियता र उदासीनता खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।