मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २८ आइतबार १५:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमा विवाद टुंग्याउन कूटनीतिक सक्रियता थाल्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २८ आइतबार १५:०४:००

संसदीय समितिले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भर्त्सना गरेको छ ।

समितिले नेपालको भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गरेको विषयमा त्रिपक्षीय संवादका लागि कूटनीतिक पहल गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले नेपालको सार्वभाैमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भर्त्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भर्त्सनायोग्य भएको बताइन् । 

उनले भनिन्, ‘नेपाल, भारत र चीनबीचको त्रिदेशीय बिन्दु रहेको वास्तविक सत्य हो । नेपालको सार्वभौमिकतामाथि बलात् हस्तक्षेप र थिचोमिचो गर्दै उक्त क्षेत्रमा भारतले तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमक कार्यनीति भएको ठहर छ । राज्य व्यवस्था तथा सुशासन समितिले भारत सरकारको यस कदमप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना गर्दछ ।’

समितिले भारतलाई कालापानी र लिपुलेकलगायतका ठाउँबाट भारतीय सैनिक तत्काल फिर्ता गर्न पनि आग्रह गरेको छ ।

बैठकमा सांसद जनार्दन शर्माले अनुसन्धान विभागले कालापानी र लिपुलेकबारे कुन दिन कुन समयमा सरकारलाई कस्तो प्रतिवेदन दिएको छ, उक्त विषयमा जानकारी समितिले लिनुपर्ने बताए । 

उनले भने, ‘अनुसन्धान विभागले योबारेमा कुन समयमा कुन मितिमा के कुरा लेखेर सरकारलाई रिपोर्ट दिएको छ, त्यो रिपोर्ट यहाँ झिकाइयोस् । र, त्यसले आफ्नो जिम्मेवारी पूरा गऱ्यो कि गरेन, हेर्नुपऱ्यो ।’

शर्माले सरकारले काम गर्न नसके नेपाली जनताले फेरि युद्ध गर्नुपर्ने अवस्था आउने चेतावनी दिए । 

सांसद लालबाबु पण्डितले भारतले वार्ता गर्न पनि इच्छा नदेखाएको र नेपाली भूमिमा सडकसमेत बनाइसकेकाले अब यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प नरहेको बताए । 

सांसद डिला संग्रौलाले यो समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा नगरेसम्म समाधान नुहने बताइन् । 

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई भारतले नेपालको भूमिमा सडक बनाएको विषयमा यसअघि नै ध्यानाकर्षण गराए पनि नसुनेको बताए । 

उनले सबै राजनीतिक दल र नागरिकले सरकारलाई साथ दिँदा पनि सरकारले किन काम नसकेको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । 

सांसद प्रेम सुवालले भारतले नेपाली भूमिमा सडक बनाएपछि परराष्ट्र मन्त्रालयले जारी गरेको नोटमा कसैको हस्ताक्षर नहुनुले सरकार बोल्नै नसकेको स्पस्ट हुने बताए । 

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले पूर्वशासकहरूले गरेको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपरेको बताए ।

सम्बन्धित समाचारहरु

भारतले सीमा मिचेकाे सम्बन्धमा संसदमा उठ्यो प्रश्न, कसले के भने ?

नेपाली भूमि अतिक्रमणको विषय संसदमा उठाउँछाैँ : शशांक

भारतसँगको सीमा विवाद कुटनीतिक माध्यमबाटै समाधान हुन्छ : परराष्ट्रमन्त्री

भारतले १२ वर्षदेखि नेपाली भूमिमा डोजर चलाउँदा कहाँ थिए हाम्रा गुप्तचर संयन्त्र ?

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल भन्छन्–भारतले सडक खनेको नौलो सूचना होइन,सरकारलाई पहिलेदेखि नै थाहा थियो

दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडू भन्छन्– भारतले नक्सा जारी गरेपछि प्रधानमन्त्रीले वार्ता नथाल्दा नेपाली भूमिमा भारतीय पक्षले बाटो बनायो

प्रचण्ड भन्छन्– सीमा मिचेको विषयमा लेखिएको चिठी ठीक छ, तर एक्सन पनि ठीक हुनुपर्छ

सीमा मिचिएकोबारे परराष्ट्रमन्त्री डाकिएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमै विवाद

लिपुलेक सडकको विषयमा चीनसँग पनि कुरा गर्नुपर्छ : गृहमन्त्री

भारतीय अतिक्रमणबारे देउवा : ओलीको राष्ट्रवाद वक्तव्यमा सीमित