मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २८ आइतबार ०७:२५:००
Read Time : < 1 मिनेट
अर्थ

डिम्याट र मेरो सेयरको नवीकरण अनलाइनबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २८ आइतबार ०७:२५:००

सरकारले लकडाउन जारी गरेको समयमा एनआइसी एसिया क्यापिटल तथा एनआइसी एसिया बैंकमार्फत हितग्राही खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता अनलाइनबाटै नवीकरण हुने भएको छ । क्यापिटलले इसेवा, खल्ती तथा कनेक्ट आइपिएसमार्फत भुक्तानी लिई नवीकरण गर्ने व्यवस्था गरेको हो । 

त्यस्तै, एनआइसी एसिया बैंक लिमिटेडको अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले पनि अनलाइनबाटै नवीकरण गर्न सक्ने बैंकले जनाएको छ । खातावालाले नवीकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।

अनलाइनमार्फत नवीकरण शुल्क प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको हितग्राही खाता तथा मेरो सेयरको नवीकरण तुरुन्त गरिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । खातावालाहरूले उक्त नवीकरण शुल्क घरबाटै भुक्तानी गर्न क्यापिटलले अनुरोध गरेको छ ।