मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २७ शनिबार ११:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

अमेरिकी उपराष्ट्रपतिका सहयोगी कोरोनाबाट संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २७ शनिबार ११:५८:००

अमेरिकी उपराष्ट्रपति माइक पेन्सका मुख्य सहयोगी कोरोना भाइरसबाट संक्रमित भएकी छिन् ।

पेन्सका प्रेस सचिव केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी हुन् । 

ह्वाइटहाउसकै कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति डाेनाल्ड  ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक कोरोना परीक्षण गरिँदै छ ।

यसअघि बिहीबार राष्ट्रपति ट्रम्पका व्यक्तिगत सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण सकारात्मक पाइएको थियो । 

राष्ट्रपति ट्रम्पका लागि कपडा मिलाइदिने सहयोगीका रूपमा काम गर्ने अमेरिकी नौसैनिकका एक सदस्यलाई कोरोना संक्रमण पाइएको थियो ।

अमेरिकामा अहिलेसम्म ७६ हजारभन्दा बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । 

केही अमेरिकी राज्यहरू भने पुनः सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

यसैबीच लोवा भ्रमणमा गइरहेका उपराष्ट्रपति पेन्सको विमानबाट ६ जना उनका सहयोगीलाई फिर्ता पठाइएको छ । 

अमेरिकी मिडिया रिपोर्टका अनुसार ती ६ सहयोगीहरू संक्रमण देखिएका सहयोगी मिलरको सम्पर्कमा आएका थिए ।

उपराष्ट्रपति पेन्सकी सहयोगी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टेफन मिलरकी पत्नी हुन् । 

(एजेन्सी)