Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकार मानवताविरुद्धको अपराधमा केन्द्रित : महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १८:२४:००

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवताविरुद्धको अपराधमा केन्द्रित भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा महतोले कोरोना संक्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवताविरुद्धको अपराधमा लागेको आरोप लगाएका हुन् । उनले भने, ‘महामारीको समयमा जनताको जीवनरक्षाका लागि सारा ऊर्जा लगाउनुपर्नेमा सरकार पद बचाउन रातारात अध्यादेश ल्याउन र दल विभाजनतर्फ लागेको देखियो ।’

महामारीबाट पीडित जनताले उपचार र खाना नपाएको भन्दै महतोले सरकार लोकतन्त्र कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाए । ‘रातारात ल्याइएको अध्यादेशले पार्टीलाई बलियो बनाउँछ ? लोकतन्त्रलाई बलियो बनाउँछ ?’ उनले प्रश्न गरे, ‘पार्टी फोड्ने, सांसद चोर्ने, यो धन्दाले जनताको पीडा कम हुन्छ ?’

जनताले दुईतिहाइ मत दिए पनि सरकारले त्यसको सम्मान गर्न नसकेको नेता महतोको भनाइ छ । उनले जनता पीडामा रहेको वेला काम नगरेको भन्दै सरकारलाई कौडीको सरकारसँग तुलना गरेका छन् ।

महतोले सरकारले पर्याप्त मात्रामा कोरोना परीक्षण गर्न नसकेको पनि आरोप लगाए । ‘सरकार कोरोना संक्रमित सय पनि नाघेको छैन भन्दै ढुक्क भएर बसेकोे छ,’ उनले भने, ‘तर, कति जनाको कोरोना परीक्षण भएको छ र ढुक्कसँग कोरोना छैन भन्दै बस्ने ?’