मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २६ शुक्रबार १२:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

तेह्रथुममा एक युवकले गरे आमाबाबुको हत्या

Read Time : < 1 मिनेट
२०७७ बैशाख २६ शुक्रबार १२:३२:००

तेह्रथुममा आफ्नै छोराले आमाबाबुको हत्या गरेका छन् ।बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका– ५ इसिबुका  २० वर्षीय कञ्चन लिम्बूले आफ्नै बुबा ४२ वर्षीय रूपबहादुर लिम्बू र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेका हुन्।  

बाबुआमाको हत्या गरी फरार भएका उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

सालाद्वारा भिनाजुको हत्या

यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका– २ का ४७ वर्षीय प्रीतिलाल राईलाई बिहीबार साँझ आफ्नै साला २७ वर्षीय मिलन राईले  टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेका छन् ।

साँझ  ७ बजे घर फर्कँदै गर्दा साला मिलनले एक्कासि ढुंगाले टाउकोमा प्रहार गरेर भिनाजुको हत्या गरेका थिए । प्रहरीले हत्या आरोपमा सालो मिलन र उनका भाइ २० वर्षीय जीवनलाई  पनि पक्राउ गरेको जनाएको छ ।