मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ बैशाख २५ बिहीबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार

जंगली हात्तीको आक्रमणबाट एककाे मृत्यु

Read Time : < 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार १२:४७:००

सप्तरीको शम्भुनाथ नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट बिहीबार बिहान एक महिलाको मृत्यु भएको छ। 

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणबाट शम्भुनाथ– २ भलुवाही टोलकी ३८ वर्षीया जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले जानकारी दिए। 

जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ।

जयसवालका अनुसार तीनवटा हात्तीको समूहले गाउँमा आतंक मच्चाएको छ। हात्तीले स्थानीय लक्ष्मण मण्डल र बलराम इसरको घर पनि भत्काएको छ। 

दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका– २ रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर भत्काएर अन्नबाली खाई क्षति पुऱ्याएको थियो। रासस